सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णालीका दुई जिल्लामा मात्र अक्सिजन उत्पादन

अक्सिजन उत्पादन नभएका कारण जिल्ला अस्पतालहरुले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जटिल संक्रमितलाई रिफर गर्ने गरेका छन्। संक्रमित थपिँदै जाँदा प्रदेश अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८
nespernesper

देव राना

देव राना

शुक्रबार, वैशाख ३१, २०७८

सुर्खेत– डोल्पामा अक्सिजन प्लान्टका लागि मेसिन पुगेको १७ दिन भयो। तर प्लान्ट सञ्चालनमा आउन सकेको छैन। ‘प्रदेश सरकारले प्राविधिक पठाउँछु भनेको हप्ता दिन भयो, आइपुग्नु भएको छै,’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय डोल्पामा कोरोना फोकल पर्सन टेकबहादुर गुरुङले भने, ‘सरकारले जहिले प्राविधिक पठाउँछ, त्यहीले नै जडान होला। संक्रमण तीव्र गतिमा फैलिएका कारण छिटो अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन आवश्यक छ।’

triton college

मुगु अस्पतालमा पनि अक्सिजन उत्पादन गर्ने मेसिन पुगेको दुई हप्ता भयो। त्यहाँ पनि प्लान्ट जडान भएको छैन। ‘मेसिन त पुगिसकेको छ, उत्पादन कहिले हुन्छ थाहा छैन,’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका कोरोना फोकल पर्सन ज्ञानसिंह बुढाले भने, ‘अक्सिजन नहुँदा जटिल प्रकृतिका संक्रमित भए जुम्ला पठाउने गरेका छौं।’

कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट छ तर उत्पादन छैन। अस्पतालको भवन निर्माणाधीन अवस्थामा भएका कारण प्लान्ट जडान हुन सकेको छैन। ‘प्लान्ट छ, जडान भएको छैन। जिल्ला अस्पतालमा सम्भव भएन, कोरोना विशेष अस्पतालमा मिनी प्लान्ट सञ्चालनमा ल्याउने तयारी छ,’ स्वास्थ्य कार्यालय कालिकोटका कोरोना फोकल पर्सन कटकबहादुर बमले भने। कालिकोटमा जिल्ला अस्पताल बाहेक कोरोना संक्रमितको उपचारका लागि छुट्टै ५५ बेडको कोरोना विशेष अस्पताल छ। तर हाइ फ्लो अक्सिजन दिनुपर्ने संक्रमितलाई जुम्ला रिफर गर्ने गरिएको छ।

हुम्लाको अक्सिजन प्लान्ट बिग्रिएको छ। त्यहाँ नयाँ प्लान्ट सञ्चालनमा ल्याउने तयारी छ। ‘पुरानो प्लान्ट बिग्रिएको छ, अब नयाँ बनाउने तयारीमा छौँ,’ जनस्वास्थ्य सेवा कार्यालय हुम्लामा प्रमुख प्रेमबहादुर सिंहले भने, ‘जटिल प्रकृतिका संक्रमित नभएका कारण तत्काललाई समस्या छैन।’

मुग, डोल्पा, कालिकोट र हुम्ला मात्रै होइन, सल्यान र रुकुम पश्चिममा पनि प्लान्ट सञ्चालनमा आउन सकेका छैनन्। जिल्लामा मेसिन पुगे पनि प्लान्ट जडानका लागि प्राविधिक कर्मचारी छैनन्। ‘कर्णालीमा बायो इन्जिनियर अभाव छ, अहिले दुई–तीन जनाले काम चलाउनु परेको छ,’ कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘प्राविधिक नभएर सबै जिल्लामा प्लान्ट सञ्चालनमा समस्या भएको हो।’

Metro Mart
vianet

जेठसम्म सबै जिल्लामा प्लान्ट सञ्चालनमा आउने उनको भनाइ छ। ‘प्लान्ट जडानको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘जेठभित्र सबै जिल्लामा अक्सिजन उत्पादन हुन्छ।’ सल्यानमा प्लान्ट जडानका लागि प्राविधिक पुगिसकेका छन्। हाल कर्णालीका जुम्ला र सुर्खेतमा मात्रै अक्सिजन उत्पादन हुन्छ।

अक्सिजन उत्पादन नभएका कारण जिल्ला अस्पतालहरुले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जटिल संक्रमितलाई रिफर गर्ने गरेका छन्। संक्रमित थपिँदै जाँदा प्रदेश अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। अस्पताललाई दैनिक तीन सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ। तर अस्पतालमा एक सय सिलिण्डरमात्र उत्पादन हुन्छ। अक्सिजनको उत्पादन क्षमता कम हुनु र अधिकांशलाई हाइ फ्लो अक्सिजन दिनुपर्ने भएपछि अस्पताल थप संक्रमितलाई उपचार लिन नसक्ने अवस्थामा पुगेको छ।

‘अस्पताल भर्ना भएका संक्रमितलाई अक्सिजन पुर्याउन गाह्रो भइसक्यो,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले भने, ‘अक्सिजन अभावकै कारण थप संक्रमितलाई भर्ना लिन नसक्ने अवस्था आएको छ।’ सबै जिल्लाहरुमा अक्सिजन उत्पादन भए केही राहत हुने उनको भनाइ छ। जटिल प्रकृतिका कोरोना संक्रमितका लागि अक्सिजन अत्यावश्यक मानिन्छ। संक्रमित बढ्दै जाँदा कर्णालीमा अक्सिजनको हाहाकार हुन थालेको छ। अक्सिजन र जनशक्ति अभावकै कारण गत वर्ष जिल्ला अस्पतालमा पुर्याइएको भेन्टिलेटर र आईसीयू सञ्चालनमा आएका छैनन्।

प्रकाशित: May 14, 2021| 07:40 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।