काठमाडौं-बरिष्ट सर्जन डा उपेन्द्र देवकोटाको इच्छा अनुसार उनलाई गोरखा लैजान लागिएको छ । हेलिकोप्टरबाट गोरखा पुर्याएर उनलाई शनिबार नै काठमाडौं फर्काइने छ ।
शुक्रबारदेखि स्वास्थ्यमा केही सुधार आएको र परिवारसँग कुराकानी गर्दै डा. देवकोटाले जन्मघर जाने इच्छा व्यक्त गरेकाले उनलाई लैजान लागिएको देवकोटाका भतिज वसन्त देवकोटाले जानकारी दिए ।
डाक्टर देवकोटालार्इ जन्मघर गोरखा लैजान बाँसबारी न्यूरो अस्पताल आएको हेलिकोप्टर । तस्बिर : अर्जुन अधिकारी ।
डा देवकोटाले परिवारका सदस्यसँग ‘मलाई मेरो घर पालुङटारमा लगेर पानी खुवाएर फर्काउ । अन्तिम समयमा जन्मघर पुग्ने इच्छा छ ।’
देवकोटाको इच्छा अनुसार नै हेलिकोप्टरबाट गोरखा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ ।
बाँसबारीस्थित अन्नपूर्ण न्यूरोमा उपचाररत डा देवकोटालाई गोरखा पुर्याएर पुनः अस्पताल नै ल्याइने छ ।