सोमबार, असार २९, २०८३

राष्ट्रपति मन्दिर जाँदा चोख्याउने कस्ता ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिरमा जाँदा भएको विरोधको प्रशंग कोट्याउँदै राष्ट्रपतिको विरोध गर्ने नागरिक कस्तो हो भन्दै प्रश्न गरे । 

प्रदेश १ को प्रदेशसभा बैठकमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देश कहाँ छ ? यही देश होइन् राष्ट्रपति मन्दिर जाँदा पछिपछि त्यसको विरोध गर्दै मन्दिर चोख्याउँदै हिँड्ने ?’ यो नेपालको पछौटेपन झल्काउने व्यवहार भएको भन्दै ओलीले रुढिवादी सोचको अन्त्यका लागि काम गर्न आवश्यक रहेको बताए । 

गत वर्ष राम नवमीमा जनकपुरको जानकी मन्दिरमा पुजा गर्न गएकी राष्ट्रपति विद्या भण्डारीको विरोध भएको थियो । स्थानीयले मन्दिरमा एकल महिला प्रवेश गरेको भन्दै सुनपानीले चोख्याएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।