शनिबार, चैत ११, २०७९

कति संरक्षित छ प्रतिलिपि अधिकार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink

'उकालीमा अघि अघि ओरालीमा पछिपछि...' शम्भु प्रधानको यो गीत 'कृ' फिल्ममा आएपछि शम्भुले मुद्दा हाले । अन्तिममा ११ लाख रुपैया लिएर यो मुद्दा मिल्यो । पछिल्लो समय अरुका सृजना चार्नेहरू बढिरहेका छन् । त्यसैले यतिबेला बौद्धिक सम्पत्ति चोरीको प्रकरणमा सांगीतिक क्षेत्रका मानिसहरु चिन्तित बनेका छन् । 

लेखक तथा साहित्यकारहरुले यस्तो समस्याबाट बच्न प्रतिलिपि अधिकार सशक्त हुनुपर्ने बताउँछन् । त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक तथा लेखक गीता त्रिपाठीले प्राध्यापक तथा चिकित्सकहरु पनि चोरेको थेसिस बुझाएर पास गर्ने गरेको बताइन्  । 'शहरका गल्ली गल्ली कोठा लिएर थेसिस बेचिरहेका भेटिन्छन्' त्रिपाठीले भनिन्, 'पीएचडी सबैलाई चाहिएको छ, जहाँ सजिलोगरी पाइन्छ त्यही जाने हो । डिग्री त प्राप्त गर्नै पर्‍यो ।'

यो बौद्धिक क्षेत्रका लागि ठूलो समस्या रहेको बताउँदै उनले एक वर्षमा हुने एउटा दुईटा कार्यक्रमले यसको समाधान हुन नसक्ने बताइन । यसको व्यवस्थापनका लागि लेखक, संगीतकर्मी, कलाकार सबैले साथ दिन सकेभने प्रतिलिपि अधिकार सुनश्चित बन्ने बताइन । 

त्यस्तै टिप्पणीकर्ता रमेश भट्टराईले पनि प्रतिलिपि अधिकारको रक्षाका लागि सशक्त भूमिका खेल्नुपर्ने बताउँछन् । उनले नेशनल बुक पोलिसी नआउन्जेलसम्म समस्या समाधान गर्न गाह्रो हुने बताए । 

चर्चित लेखिका तसलिम नसरनिले पनि नेपालमा आफ्नो पुस्तक चोरी भएको गुनासो गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना कृतिहरु चोरी भएको आरोप लगाएकी हुन् । उनले लेखेका १८ वटा पुस्तक नेपाली भाषामा अनुवाद गरिएको छ । 

यो समस्या समाधानका लागि काम विभिन्न चरणका काम सुरु भएको रजिष्ट्रर कार्यालयका राजेन्द्र सिग्देलले नकारात्मक पक्षलाई हावी हुन नदिने हो भने कसैको सृजना चोरी नै नहुने बताए । 

प्रकाशन र प्रतिलिपि अधिकारको संरक्षण गर्न सक्ने उपायहरू र रजिष्ट्रर कार्यलयले गर्न सक्ने सहयोगका नीति नियम बनाएको पनि उनले बताए । कपि राइट, लेखकसँगको सम्बन्ध मोरल राइट, प्रकाशक र वितरक बौद्धिक सम्पत्ति जस्ता विषय उठाइएको छ ।  

झोलामा साहित्य बोकेर हिड्ने दिनहरू हराउदै आइरहेको देख्छन् अमर न्यौपाने । विगत छ वर्षदेखि कनै जागिर नखाएका न्यौपाने फुल टाइमर लेखक भएका छन् । र उनी भन्छन्, 'म लेखेरै बाँचेको छु ।'

कला संगीत तथा लेखकहरूका कृति चोरिहुँदै जाने हो भने बास्तविक लेखक शोषणमा पर्नेछ । 

२५ गते शुक्रबार भएको सिर्जना प्रकाशन र प्रतिलिपि अधिकार संरक्षण : अवसर तथा चुनौती अन्तक्र्रिया कार्यक्रमलाई नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघको संयुक्त आयोजना गरेको थियो 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ। 

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउँदै आएकी खत्री अनेसासको अध्यक्ष हुने पहिलो महिला हुन्।