मंगलबार, वैशाख ९, २०८२

दयाहाङको ‘मितज्यू’ युट्युबमा रिलिज हुने

अभिनेता दयाहाङ राईले आफूले निर्देशन गरेको नाटक ‘मितज्यू’लाई भर्चुअल माध्यमबाटै भए पनि रिलिज गर्ने भएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

vianetvianet

काठमाडौं- कोरोना महामारीका कारण नेपाली रंगमञ्च अहिले ठप्प छ। यसैलाई मध्यनजर गर्दै अभिनेता दयाहाङ राईले आफूले निर्देशन गरेको नाटक ‘मितज्यू’लाई भर्चुअल माध्यमबाटै भए पनि रिलिज गर्ने भएका छन्।

triton college

मण्डला थिएटरले पहिलोपटक आफ्नो पूर्णाङ्की नाटकलाई यसरी डिजिटल माध्यमबाट देखाउन लागेको हो। सोमनाथ खनालले लेखेको यो नाटक वैशाख ३१ गते शुक्रबार साँझ मण्डलाको आधिकारिक युट्युव च्यानलमार्फत् रिलिज हुने भएको छ। 

‘मितज्यू’ दुईजना वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लासब्याक’ कथा हो। नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्तर्गत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ। मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तीनका उतारचढाव र दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको निर्देशक दयाहाङले बताएका छन्।

पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत् बर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ।

सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिका रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको यो नाटकलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायांकन गरिएको हो।

National life insurance

नाटकको छायांकन चैत महिनाको अन्तिम साता गरिएको थियो। नाटकमा बुद्धि तामाङ, बिजय बराल, सिर्जना सुब्बा, उमेश तामाङ, विकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका छ। राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ। नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो।

नाटकको प्रिमियरपश्चात् अनलाइन एप्लिकेसन जुममार्फत् नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्तर्क्रियासमेत हुने भएको छ। अन्तर्क्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ।

 

प्रकाशित: May 13, 2021| 09:58 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्