आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • सलमानको आग्रह- फिल्म चोरेर हेर्दा दुःख लाग्छ, प्लिज पाइरेसी नगर्दिनुस्

सलमानको आग्रह- फिल्म चोरेर हेर्दा दुःख लाग्छ, प्लिज पाइरेसी नगर्दिनुस्

अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ आज (बिहीबार) बिहानदेखि विश्वभर रिलिज भएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

National life

एजेन्सी- अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ आज (बिहीबार) बिहानदेखि विश्वभर रिलिज भएको छ।

केही सिमित र ओटीटी प्लेटफार्ममार्फत् यो फिल्म रिलिज भएको हो। फिल्मको रिलिजको दिन इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै सलमानले पाइरेसी गरेर फिल्म नहेरिदिन आग्रह गरेका छन्। 

‘एउटा फिल्म बनाउन धेरै मान्छेले धेरै मिहेनत गरेका हुन्छन्,’ भिडियोमा उनले भनेका छन्, ‘तर केही मान्छेले पाइरेसी गरेर फिल्म हेरिदिँदा साह्रै दुःख लाग्छ।  यसपटक म तपाइँहरु सबैसँग यो प्रतिबद्धता माग्छु कि तपाई यो फिल्मलाई इन्जोय गर्नुस् तर सहि प्लेटफार्ममार्फत् हेरेर मात्रै। नो पाइरेसी इन इन्टरटेन्मेन्ट। 

प्रकाशित: May 13, 2021| 08:44 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्