सोमबार, असार २९, २०८३

अज्ञात समूहद्वारा पत्रकार बिष्टमाथि आक्रमण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- पत्रकार लोकेन्द्र बिष्टमाथि अज्ञात समूहद्धारा कुटपिट भएको छ । कैलालीको धनगढी स्थित एसटिएस टेलिभिजनका समाचार प्रमुखसमेत रहेका बिष्टलाई शुक्रबार राती अज्ञात समूहले कुटपिट भएको हो ।

काम सकेर घर जाने बेला नचिनेको एक समूहले निरघात कुपिट गरेको पिडीत बिष्टले बताए । उनीमाथि भएको घटनालाई लिएर प्रदेश सात पत्रकार महासंघ, पत्रकार महासंघ कैलालीले घोर आपत्ति जनाएको छ ।

पत्रकारको सुरक्षा खतरा बढेको भन्दै यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने महासंघले मागसमेत गरेको छ ।

घटनाबारे जानकारी लिन पत्रकार बिष्टको घरमा महासंघका प्रदेश संयोजक अर्जुन शाह, पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष जगत साउँद,  काेषाध्यक्ष हिमाल जोशी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरे पुगेका छन् ।

पत्रकार बिष्टलाई कुटपिट गर्ने समूहलाई कारबाहिको दायरामा ल्याइने प्रहरी उपरिक्षक घिमिरेले बताए । उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।