सोमबार, असार २९, २०८३

पश्चिम सेतीमा थ्री गर्जेजको ठेक्का कायम रहला त ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बेइजिङ- आफ्नै सहकर्मीको भनाइ खण्डन गर्दै नेपालका ऊर्जा मन्त्री वर्षमान पुनले पश्चिम सेती जलविद्युत् परियोजना चिनियाँ लगानीमै अगाडि बढ्ने संकेत गरेका छन् । 

अघिल्लो साता नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता रद्द गरेर नेपाली लगानीमै निर्माण गरिने बताएका थिए । ऊर्जा मन्त्री पुनको अभिव्यक्तिबाट एक अर्ब ८० करोड अमेरिकी डलर लागत अनुमान गरिएको परियोजना चिनियाँ कम्पनीकै हातमा रहने संकेत पाइन्छ । 

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार चीनले अगाडि सारेका सक्कली परियोजनाहरू अगाडि बढ्न सकेका छैनन् । 

ऊर्जामन्त्री पुनको भनाइ भने फरक छ । पश्चिम सेती आयोजना निर्माण नेपाल सरकारले गर्न नसक्ने उनको भनाइ छ । सोही कारण विदेशी लगानी, ऋण या अन्य विकल्पबारे सोच्न सकिने उनले बताएका छन् । 

वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले भने संसदमा उक्त परियोजनाबारे चीनसँग कुरा गर्ने बताए पनि हालसम्म थ्री गर्जेजलाई कुनै परिपत्र आएको छैन । 

पश्चिम सेतीको अन्योलले चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गत् खर्च गर्न लागेको नौ खर्ब डलरका महत्वाकांक्षी परियोजनाहरूलाई अप्ठ्यारोमा पार्नेछ । एसिया, युरोप र अफ्रिका जोड्ने बीआरआई परियोजना चीनले अगाडि सारेको फराकिलो विश्व व्यवस्थाका लागि कोशेढुंगा सावित हुने विश्वास छ । 

बीआरआईका आलोचकहरूले त्यस्तो परियोजना सञ्चालनमा आउँदा यस क्षेत्रमा अस्थिरता फैलिने दाबी पनि गर्दै आएका छन् । मलेसिया र म्यानमारले पुनर्विचार गर्ने अभिव्यक्ति दिनु त्यही आलोचनाबाट बच्ने उपायका रूपमा विश्लेषण गर्न सकिन्छ । 

बीआरआईअन्तर्गत्का मेगा परियोजनाहरूमा पुनर्विचार गर्ने धारणा मलेसिया र म्यानमारले अगाडि सारेका छन् ।
 

अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा मन्त्री वर्षमान पुनका फरक–फरक धारणाबाट मिश्रित धारणा बनाउँदै चिनियाँ पक्ष ।


मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले १३ अर्ब ८० करोड अमेरिकी डलर लागतको तीव्र गतिको रेल परियोजनालाई छलफलमा ल्याइने बताएका छन् । म्यानमारको डिप वाटर परियोजनाको लागत नौ अर्ब रुपैयाँ छ । म्यानमार सरकारले पनि उक्त परियोजनाबारे पुनर्विचार गरिने बताएको छ । फाइनान्सियल टाइम्सका अनुसार पश्चिमी भेगको रखाइन प्रान्तमा उक्त परियोजना निर्माण गर्ने सोच छ । 

सरकार परिवर्तनपिच्छे नेपालमा समेत बीआरआईबारे विवाद आउने गर्छ । अघिल्लो सरकारले १२ सय मेगावाटको बुढीगण्डकी परियोजनामा चिनियाँ गेजुवा (गोजोपा) कम्पनीसँगको निर्माण सम्झौता रद्द गरेको थियो । र, प्रधानमन्त्री बनेलगत्तै दिएको एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएर बुढगण्डकी निर्माणको जिम्मा गोजोपालाई दिइने बताएका थिए । 

सात सय ५० मेगावाटको पश्चिम सेती संयुक्त लगानीमा निर्माण गर्ने सम्झौता तीन वर्षअघि गरिएको थियो । थ्री गर्जेजको ७५ र नेपाल सरकारको २५ प्रतिशत लगानी रहने सम्झौता छ । 

नेपाली चिनियाँ विज्ञहरूका अनुसार संयुक्त लगानीका यस्ता परियोजनाले आन्तरिक र बाह्य राजनीतिलाई सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछन् । 

मन्त्रीहरूको आपसमा बाझिने कुरा आउनु तथा भारत या चीन परस्त हुनुभन्दा आफ्नो मुलुकलाई खुशी र समृद्ध बनाउनेतर्फ ध्यान दिनुपर्ने नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिज (एनआईआईएस)का निर्देशक भाष्कर कोइराला बताउँछन् । वर्तमान सरकारको झुकाव चीनतर्फ देखिएको उनको विश्लेषण छ । 

कोइराला भन्छन्, 'पछिल्लो समयको विकासक्रम हेर्दा सरकार चीनतर्फ ढल्किनु हुँदैन भन्ने देखाउँछ ।' निर्वाचन अघि र पछिका सरकारका नीति फरक-फरक देखिएको उनको टिप्पणी छ । 

कुनै सरकारले चीनको बीआरआई र कुनैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेक नीतिलाई समर्थन गरेको देखिएको कोइरालाको बुझाइ छ । 

दक्षिण एसियामा भारतको एकल प्रभाव रहेको सांघाईस्थित 'इन्टरनेसनल स्टडिज अफ साउथ एसिया'का प्रमुख चाओ गान्चेङ बताउँछन् । 'सोही कारण दक्षिण एसियामा अस्थिरता कायम छ,' उनी भन्छन् । 

चाओका अनुसार चीनले अन्य मुलुकसँग बीआरआई परियोजनामा सहयोगको अपेक्षा गरे पनि आन्तरिक राजनीति चुनौतीपूर्ण देखिएको छ । उनी भन्छन्, 'नेपालजस्तो सार्वभौम मुलुकले आफ्नो स्वार्थलाई प्राथमिकता दिनुपर्छ, अरूको दबवाबमा पर्नुहुँदैन ।'

लामो विकास यात्रामा नेपालले चीनलाई विश्वासमा लिने कुरामा ध्यान दिनु आवश्यक भएको चाओको सुझाव छ । 'खासगरी, लगानी भित्र्याउने विषयमा नेपालको धारणा स्पष्ट हुनुपर्छ,' उनी सुझाउँछन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।