सोमबार, असार २९, २०८३

डा. उपेन्द्र देवकोटा भेन्टिलेटर बाहिर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  प्रख्यात स्नायु शल्य चिकित्सक डा.उपेन्द्र देवकोटालाई भेन्टिलेटरबाट निकालिएको छ । बाँसवारीस्थित न्युरो अस्पतालमा उपचारत उनलाई स्वास्थ्यमा सुधार देखिएपछि भेन्टिलेरबाट निकालिएका हो । 

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा.देवकोटाको स्वास्थ्य अवस्था थप जटिल बनेपछि आईसियुमा राखेर उपचार भइरहेको थियो । भेन्टिलेर बाहिर रहेका डा. देवकोटा अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा रहेको पारिवारिक स्रोतले जनाएको छ । 

यसैबिच, डा उपेन्द्र देवकोटाको विषयमा फैलाइएको हल्ला गलत भएको भन्दै परिवार र अस्पतालले दुखः व्यक्त गरेका छन् ।  शनिवार बिहान विज्ञप्ति जारी गर्दै स्वास्थ्यस्थिति गम्भीर भएपनि बाहिर फैलाइएको हल्ला जस्तो नभएको जनाइएको छ । 

सामाजिक सञ्जालमा उनको मृत्यु भएको भन्दै हल्ला फिजिएपछि  अस्पताल र परिवारले यस्तो प्रतिक्रिया दिएको हो। साथै अस्पतालबाट दिइने आधिकारिक जानकारीबाहेक अन्य सूचनामा विश्वास नगर्नसमेत विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा देवकोटाको स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति उनको परिवारले आभार व्यक्त गरेको छ। 

यस्ताे छ विज्ञप्ति

डा.देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए । उनको समस्या निको नहुने खालको भनेर चिकित्सकहरुले प्रमाणित गरेपछि उनी नेपाल फर्किएका हुन् । 

अहिले उनी काठमाडौंमा रहेको आफ्नै घर र अस्पतालमा आराम गर्दै आएका छन् । डा.देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको शुरूवात गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।