सोमबार, असार २९, २०८३

त्रिशुलीमा ट्रक खस्यो, चलकसहित दुईजना बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धादिङ- भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदिमा खस्दा २ जना वेपत्ता भएका छन् । शुक्रबार राति ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुली नदीमा खस्दा चालक र सहचालक वेपत्ता भएका हुन् । 

वेपत्ता भएका सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय ट्रक चालक टोपबहादुर श्रेष्ठ,  ट्रकका सहचालक १९ वर्षका तुलसी दुलालको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी कार्य तिब्र पारिए पनि नदीमा पानीको सतह बढेकोले खोजी कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ । 

पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको जोगिमाराबाट ट्रक त्रिशुलीमा खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा परि घाइते भएका एक जनाको भने राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।