आइतबार, साउन १७, २०८३

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त, भूमि आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगमा अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्ति्रपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगमा अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्ति्रपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो।

आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी र सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग देउवा सरकारले खारेज गर्ने निर्णय गरेको हो। 
प्रकाशित: Aug 03, 2021| 18:50 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्