शुक्रबार, कात्तिक २८, २०८२

‘म घरमा फिल्ममा जस्तो रोमान्स र एक्सन गर्न सक्दिनँ’

सलमान खान अभिनित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ बिहीबारदेखि विश्वभर रिलिज हुँदैछ। यो फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा देखिँदैछन्। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

एजेन्सी- सलमान खान अभिनित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ बिहीबारदेखि विश्वभर रिलिज हुँदैछ। यो फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा देखिँदैछन्। 

National life

यसअघि पनि सलमान ‘दबंग’मा पुलिस अफिसरकै भूमिकामा देखिएका थिए। ‘दबंग’को उनले निर्वाह गरेको ‘चुलबुल पाण्डे’ पात्रलाई दर्शकले निकै रुचाएका थिए। ‘राधे’कै क्यारेक्टरलाई पनि दर्शकले खुब मन पराएका थिए। 

सलमानले फिल्म रिलिजको पूर्वसन्ध्यामा हालै भारतीय संचारमाध्यमसँग कुराकानी गर्दै आफ्नो पात्रप्रतिको मोहबारे बोलेका छन्।

‘जब म कुनै फिल्म हेर्छु, मलाई अहिले पनि त्यस्तै हिरो बन्न पाए हुन्थ्यो भन्ने लाग्छ’, सलमानले भनेका छन्, ‘म फिल्ममा हिरोको असल कामले यति प्रभावित हुन्छु कि त्यसलाई घर लिएर जान चाहन्छु। यतिसम्म कि आफ्नै फिल्ममा निर्वाह गरेको क्यारेक्टरलाई पनि। तर जसरी ‘दबंग’मा ‘चुलबुल पाण्डे’ एउटा क्यारेक्टर हो, त्यसलाई म घर लिएर जान सक्दिनँ। ‘राधे’ पनि एउटा क्यारेक्टर हो तर घरमा म त्यस्तो व्यवहार गर्न सक्दिनँ। यदि मैले घरमा चुलबुल पाण्डे र राधेको जस्तो व्यवहार देखाएँ भने पापाले मलाई पिट्नुहुन्छ, ममीले थप्पड हान्नुहुन्छ, भाइबहिनी लजाउन थाल्छन्। त्यसैले घरमा म केवल एक सन्तान र दाइसरह रहन्छु।’

सलमानले पछिल्ला यी फिल्ममा एक्सनमात्रै होइन, रोमान्टिक भूमिका पनि निर्वाह गरेका छन्। ‘म घरमा फिल्ममा जस्तो रोमान्स र एक्सन गर्न सक्दिनँ। मलाई थाहा छ, यो सबै मेरोभित्र छँदा पनि छैन। तर के गर्न सक्छु, मलाई मेरो क्षमता थाहा छ। तर यी क्यारेक्टरका केही असल स्वभाव म पक्कै अनुशरण गर्न सक्छु’, सलमानले सोही अन्तर्वार्ताका क्रममा भनेका छन्।

Laxmi sunrise bank
kumari

प्रभु देवाको निर्देशनमा बनेको ‘राधेः योर मोस्ट वान्टेड भाइ’ मा सलमानका साथै दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफ प्रमुख भूमिकामा छन्। यो फिल्म थिएटर र ओटिटी प्लेटफार्म दुवैमा एकसाथ रिलिज हुँदैछन्।

प्रकाशित: May 12, 2021| 11:31 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्