सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच वर्षपछि साउदीको जेलमुक्त भएका नवपरासीका थानेश्वर घर फर्किदै

पाँच वर्षपछि साउदीको जेलमुक्त भएका नवपरासीका थानेश्वर घर फर्किदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - सवारी दुर्घटनाको मुद्दामा ५ वर्ष अघिदेखि साउदी जेलमा रहेका नवलपरासी मध्यविन्दु नगरपालिका- ४ का थानेश्वर भुषाल जेलमुक्त भएपछि आज (शुक्रबार) घर फर्किदै छन् । 

साउदी जेलमा बन्दी जीवन बिताइरहेका भुसाललाई जेठ १४ गते साउदीको अदालतले रिहा गरेको थियो । रोजगारीका लागि साउदी अरब गएका भुसालले चलाएको गाडीले अगाडीको गाडीलाई ठक्कर दिदाँ एक पाकिस्तानी र एक साउदी नागरिकको ज्यान गएको थियो ।

साउदीको अदालतले दुर्घटनामा परी घाइते भएका भुसाललाई दोषी ठहर गर्दै पीडित परिवारलाई (१ लाख ५० हजार रियाल) ४५ लाख रुपैयाँ ‘ब्लडमनी’ स्वरुप क्षतिपूर्ति भराउन आदेश जारी गरेको थियो । भुसाललाई जेलमुक्त गर्न विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले थानेश्वर बचाउ अभियानमार्फत सहयोग गरेका थिए । 

थानेश्वरलाई अभियानको तर्फबाट स्वागत तथा थानेश्वर भुषाल उद्दार अभियानको विधिवत समापन कार्यक्रम आयोजना गर्न थानेश्वरको उपस्थितीमा शुक्रबार ८:४५ बजे त्रिभुवन बिमानस्थलको वैदेशिक रोजगार सुचनाकेन्द्रको अगाडी पत्रकारहरुसँग साक्षात्कार गर्ने कार्यक्रमम छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।