शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ‘दिल बेचारा’ सेक्रेट : सुशान्तको मृत्युपछि अर्कैले गरेका थिए क्लाइमेक्सको डबिङ

‘दिल बेचारा’ सेक्रेट : सुशान्तको मृत्युपछि अर्कैले गरेका थिए क्लाइमेक्सको डबिङ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको ११ महिना बित्यो। उनको अन्तिम फिल्म ‘दिल बेचारा’ निधनको करिब ४ महिनापछि रिलिज भएको थियो। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको ११ महिना बित्यो। उनको अन्तिम फिल्म ‘दिल बेचारा’ निधनको करिब ४ महिनापछि रिलिज भएको थियो। 

National life

यो फिल्मसँग जोडिएको एउटा रोचक रहस्य बाहिर आएको छ। त्यो के भने यो फिल्मको क्लाइमेक्स सीनको डबिङ सुशान्तले गर्न पाएका थिएनन्। पछि एक भ्वाइसओभर आर्टिस्टले उनकै आवाज निकालेर डबिङ पुरा गरिदिएका थिए। ती डबिङ आर्टिस्ट थिए, आरजे आदित्य।

भारतीय मिडियासँगको कुराकानीका क्रममा आदित्य स्वयंले यो रहस्य खुलासा गरेका हुन्। मिस मालिनसँगको कुराकानीमा आदित्यले भनेका छन्, ‘मलाई लाग्छ, सुशान्तको अचम्मित र दुर्भाग्यपूर्ण निधनपछि यो सबै सुरु भएको हो।

कसैले सोचेको थिएन, यस्तो होला भनेर। ‘दिल बेचारा’मा उनको केही डबिङ बाँकी रहेको थियो। प्रोडक्सन टिमले यसको विकल्प खोजिरहेका थिए। कयौँ भ्वाइस ओभर आर्टिस्टले प्रयास गरेछन् तर कसैको आवाज मिलेन। पछि निर्देशक मुकेश छाबडाको अफिसबाट कसैले मलाई सुशान्तको आवाज ट्राइ गर्न प्रस्ताव गर्‍यो। ’

आदित्यका अनुसार त्यसपछि भ्वाइस टेस्टका लागि निर्देशकको अफिसबाट उनलाई ‘एमएस धोनी’को एउटा क्लिप पठाइयो। ‘मैले धेरै कलाकारको आवाज नक्कल गरेको थिएँ तर सुशान्तको कहिल्यै गरेको थिइनँ। त्यसैले केही समय लाग्यो,’ आदित्यले भनेका छन्, ‘तर जब मैले अडिसन पठाएँ तत्काल मलाई मुकेश सरको अफिसबाट फोन आयो र भेट्न बोलाइयो। ’

Laxmi sunrise bank
kumari

आदित्यका अनुसार त्यसपछि सुशान्तको आवाज निकाल्न उनले थप २ दिन लगाए। किनभने यो कसैको मिमिक्री थिएन, बरु पात्रको इमोशनलाई पक्रिएर जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्ने थियो। ‘दिल बेचारा’ मुकेश छावडाले निर्देशन गरेको पहिलो फिल्म हो।

यसमा सुशान्तका साथै सञ्जना साँघीको प्रमुख भूमिका छ। सैफ अली खान अतिथि भूमिकामा देखिएका छन्।

प्रकाशित: May 12, 2021| 09:55 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्