सोमबार, असार २९, २०८३

कक्षामा २० केटीहरु एकाएक ढलेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धादिङ- दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ का २० विद्यार्थी एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । 

विद्यालयमा पढाइ शुरु भएपछि कक्षामा एकाएक बाहिरबाट आएको अनौठो धुवाँको गन्धसँगै विद्यार्थी चिच्याएर कराउने र बेहोश हुने लक्षण देखिएको प्रधानाध्यापक राजन अधिकारीले बताए । 

कक्षा ९ का दुई जनासमेत बिरामी भएकाले बैरेनीमा स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा १३ विद्यार्थीलाई भर्ना गरिएको छ । बाँकी स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएका छन् । बिरामीमध्ये एक छात्र र २१ छात्रा छन् । 

विद्यालयसँगै रहेको स्वास्थ्यचौकीले फोहोरजन्य वस्तु र म्याद नाघेका औषधि जलाएर नष्ट गर्दा निस्किएको धुवाँ विद्यालयमा गएको थियो । सोही समयमा विद्यार्थी एकाएक बेहोश भएर ढल्न थालेका थिए । धुवाँका कारण नभई अन्य कारणले विद्यार्थी बेहोश भएको स्वास्थ्यचौकीका इञ्चार्ज रामप्रसाद ज्ञवालीले बताए । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।