सोमबार, असार २९, २०८३

ओप्पोको ‘समर सेल्फी कन्टेस्ट’ घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मोबाइल क्यामेराका लागि निकै चर्चित मानिएको ओप्पोले समर सेल्फी कन्टेस्ट गर्ने भएको छ । कम्पनीले आफ्ना देशभर छरेर रहेका उपभोक्ता लक्षित गर्दै सेल्फी कन्टेष्टको घोषणा गरेको हो । 

मर सेल्फी कन्टेष्टमा ओप्पोको कुनैपनि स्मार्टफोन मोडल खरिद गर्ने उपभोक्ता सम्मिलित हुन सक्ने कम्पनीले जानकारी दिएको छ । 

प्रतियोगितमा सहभागिता जनाउन उपभोक्ताले आफुले खरिद गरेको ओपो फोनबाट पहिलो सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा ह्यासट्याग #OPPOSUMMERNP सहित अपलोड गर्नु पर्नेछ । यसरी पोष्ट गरिएका तस्विरमध्य सर्वाधिक लाइक्स पाउन सफल २० जनालाई भाग्यशाली विजेता घोषित गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार प्रतियोगिताको आयोजना दूई चरणमा गरिनेछ । पहिलो चरणको प्रतियोगिता जुन ४ देखि १० सम्म चल्नेछ । त्यसैगरी, दोस्रो चरणको प्रतियोगिता भने जुन ११ देखि १७ सम्म आयोजना गरिने छ ।

 दुवै चरणबाट नेपाल भरका १०–१० जना विजेताको छनोट गरिने कम्पनीले जानकारी दिएको छ । यसरी छानिएका विजेताहरुलाई ओप्पोको तर्फबाट आकर्षक उपहार प्रदान गरिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।