काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषयमा खुलेर अभिव्यक्ति दिनथालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकारी राष्ट्रपति व्यवस्थाले बहुदललार्इ खतरा हुने बताएका छन् ।
तनहुँको बन्दीपुरमा शुक्रबार ४ नम्बर प्रदेशको अकोराबको प्रथम साधरणसभालाई सम्बोधन गर्दै नेता पौडलले दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, 'प्रचण्डको कार्यकारी राष्ट्रपतिले बहुदलीय व्यवस्थालार्इ खतरा हुन्छ ।
नेपालका लागि बहुलवादमा आधारित संसदीय व्यवस्था नै उपयुक्त भएको जिकिर गर्दै भने, 'प्रचण्डले कार्यकारी राष्ट्रपति विषय उचालेर राजनीतिक विवाद उत्पन्न गर्न खोजेका छन् । राजनीतिक अस्थिरताले मुलुकको विकासमा बाधा पुर्याउने नेता पौडेलले बताए ।
उनले भने, 'संविधानलाई अक्षरश: पालना गरी लोकतान्त्रिक कार्यान्वयन गर्नुपर्छ। तर, दुई तिहाई बहुमतको बलमा कार्यकारी राष्ट्रपति व्यवस्था गर्न खोजे लोकतन्त्र संकटमा पर्छ ।
नेपालको संविधान विश्वमै उत्कृष्ट भएको बताउदै नेता पौडेलले संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धितर्फ लैजान सु्झाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४