सोमबार, असार २९, २०८३

कांग्रेसभित्रका अन्तर्घातीलार्इ छाड‍्दिनँ : देउवा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचनमा अर्न्तघात गर्नेलाई कारबाही गरिने उद्‍घोष गरेका छन । अन्तर्घातीलाई कारबाही गरि आगामी निर्वाचनमा कांग्रेसलाई देशको ठुलो पार्टी बनाउने उद्घोष गरेका हुन ।

शुक्रबार प्रदेश नंम्बर ७ को धनगढीमा आयोजित नेपाली काँग्रेस कैलालीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेस हार्नुका धेरै कारण भएपनि ति मध्यको एक आन्तरिक अर्न्तघात भएकाले अन्तर्घातीलाई कुनै पनि हालतमा नछोडने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने–‘बर्षमा ३ सय ६४ दिन कांग्रेस हुने अनि महत्वपुर्ण दिन मतदान गर्दा अन्य पार्टीमा मतदान गर्नेको कांग्रेसलाई कुनै आवश्यकता छैन ।’

सभापति देउवाले अन्तर्घात गर्नेहरु अपराधी भएकाले अपराधी जो सुकै भएपनि नछोडने चेतावनी दिए । उनले मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीमा अन्तर्घात नभएको भए काँग्रेसले थप ३० सिट जित्ने पनि बताए । 

कृष्णप्रसाद भट्‍रार्इ निर्वाचन लड्दा अन्तर्घात सुरु भएको प्रसंग उल्लेख गर्दै सभापति देउवाले अन्तर्घात काँग्रेसका लागि ठुलो रोग भएको उल्लेख गरे । देउवाले भने–‘मलाई अब कुनै स्वार्थ छैन, कांग्रेसलाई एक ढिक्का बनाएर आगामी निर्वाचन पछि पुरानै कांग्रेस फर्काएर छोड्छु ।’ 

सभापति देउवाले गाउँ-गाउँ गएर संगठन विस्तार गर्न तथा जनतालाई भेटन पनि कार्यकर्तालाई निर्देशन दिए ।  

देउवाले वर्तमान ओली सरकार राष्ट्रवादका नाममा भारतसँग लम्पसार परेको उल्लेख बताए । उनले लम्पसारबाद बनी बर्तमान ओली सरकार नेपालका धेरै चिज भारतलाई सुम्पन लागेको समेत बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।