सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जाजरकोटमा वडाध्यक्षको अत्याचारलाई प्रहरीकै सक्रियतामा गुपचुप

जाजरकोटमा वडाध्यक्षको अत्याचारलाई प्रहरीकै सक्रियतामा गुपचुप

प्रहरीको रोहवरमा वडाध्यक्षले घटनामा मिलापत्र गराएको पत्रमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियमकानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाएका छन्। घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईंको जिम्मा लगाएका छन्।
 |  मंगलबार, साउन १९, २०७८

देव राना

देव राना

मंगलबार, साउन १९, २०७८

सुर्खेत–जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपालीले गरेको अत्याचारलाई प्रहरीकै सक्रियतामा गुपचुप बनाइएको छ। वडाध्यक्ष नेपालीले सोही गाउँका सर्पे दमाईंलाई डोरीले बाँधेर कुटपिट गरेको घटना प्रहरी मिलेमतोमा गुपचुप बनाइएको हो।

triton college

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेका थिए। ‘सर्पे दमाईंले वडाध्यक्षलाई सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको आरोप लगाएका थिए’, एक प्रत्यक्षदर्शीले टेलिफोनमा भने, ‘वडाध्यक्षले त्यही झोकमा उनलाई कुटपिट गरेका हुन्।’ 

उनका अनुसार पीडितले मदिरा खाएर होहल्लासमेत गरेका थिए। ‘मदिर खाएर हल्ला त गरेका थिए, मुख्य विषय रकम अनियमितताको आरोप नै हो’, प्रत्यक्षदर्शी भन्छन्, ‘यहाँ त वडाध्यक्षको दादागिरी नै चल्छ। अनियमितता आरोप लगाएपछि कुटपिट गर्नु सामान्य भयो।’ बाँधेर कुटपिट गर्नैपर्ने ठूलै गल्ती भने पीडितले नगरेको प्रत्यक्षदर्शी बताउँछन्। 

वडाध्यक्षको दादागिरी : युवकलाई दाम्लाले बाँधेर निर्घात कुटपिट [भिडियोसहित]

‘सम्झाई–बुझाई गर्न सकिन्थ्यो, भनेको नमाने थुन्न सकिन्थ्यो’, प्रत्यक्षदर्शीले भने, ‘वडाध्यक्षले अक्रोशमा आएर मराणासन्न हुने गरी कुटे।’ वडाध्यक्षको डरकै कारण आफूहरुले केही बोल्न नसकेको स्थानीयको भनाइ छ।

प्रहरीको रोहवरमा वडाध्यक्षले घटनामा मिलापत्र गराएको पत्रमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियमकानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाएका छन्। घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईंको जिम्मा लगाएका छन्।

corrent noodles
Metro Mart

घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटले अनभिज्ञता प्रकट गरेको छ। ‘भिडियो त हामीसँग आइपुगेको छ तर विस्तृत जानकारी बुझ्दै छौं’, जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने, ‘घटना बुझ्दै छौं।’ दोषी भेटिए वडाध्यक्षलाई कारबाही गर्ने उनको भनाइ छ। जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापा केही दिनदेखि बिदामा छन्।

वडाध्यक्ष नेपालीले भने आफूले कुटपिट नगरेको दाबी गरेका छन्। उनले उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको बताए। भिडियोमा उनी आफैंले कुटपिट गरेको देख्न सकिन्छ। उनले भने, ‘ढुंगामुढा गर्दै हिँडेर जथाभाबी बोलेपछि आमाबाबुकै आग्रहमा हामीले नियन्त्रणमा लिने प्रयास गरेका हौं।’ 

वडाध्यक्षले दिनभर गोठमा थुनेको र साँझ प्रहरी बोलाएर मिलापत्र गराएको खुलेको छ। भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घटनालाई प्रहरीले मिलाइसकेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वडाध्यक्षले अनियमितता आरोप लगाउने व्यक्तिलाई मराणासन्न हुने गरी कुटपिट गरेको देखिन्छ। वडाध्यक्षले नाम्लोले बाँधेर हल्ला किन गरेको भन्दै ढाडमा टेकेर हपारेका छन्। केही महिलाले वडाध्यक्षलाई नकुट्नु भनेर सम्झाउन खोजेको भिडियोमा देखिन्छ।

साउन १५ गते भएको घटना मंगलबार मात्रै सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ। 

‘सर्पेले रक्सीसमेत खाएका थिए। उनले रकम अनियमितता भयो भन्दै हल्ला गरे’, ती प्रत्यक्षदर्शीले भने, ‘धेरै हल्ला हुन थालेपछि वडाध्यक्षले डोरीले बाँधेर कुटपिट गरेका हुन्।’ वडाध्यक्षले दिनभर गोठमा थुनेको र साँझ प्रहरी बोलाएर मिलापत्र गराएको खुलेको छ। भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घटनालाई प्रहरीले मिलाइसकेको उल्लेख गरेका छन्। इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा घटना मिलाइसकेको बताइएको छ। जेष्ठ नागरिक, विधुवा, बालिबालिका, अपांग लगायत डेढ दुई सय मानिस जम्मा भएका बेला रक्सी खाएर वडा कार्यालयमा ढुंगा प्रहार गरेको र सर्वसाधारणको भागाभाग भएपछि आफूले सम्झाइ–बुझाइ गरेको वडाध्यक्षले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: Aug 03, 2021| 20:15 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।