आइतबार, वैशाख २७, २०८३

महामारीविरुद्ध लड्न अमिताभ बच्चनको १५ करोड सहयोग

अभिनेता अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न करिब १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।  
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– अभिनेता अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न करिब १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।  

National life

भारतमा कोरोना महामारी फैलिरहँदा यसको रोकथामका लागि अमिताभले कुनै भूमिका निर्वाह नगरेको भन्दै सोसल मिडियामा आलोचना हुन थालेपछि सोमबार राति उनले आफ्नो ब्लगमार्फत  यो जानकारी गराएका हुन्। 

‘कोरोनाविरुद्धको यो लडाइँमा कैयौँ योगदान गरियो, गरिरहेको छु। तर मान्छेहरुलाई त्यो २ करोड रुपैयाँको बारेमा मात्र थाहा छ, जुन मैले दिल्लीको एक कोभिड केयर सेन्टरका लागि दिएको थिएँ। मेरो योगदान करिब १५ करोड रुपैयाँ हुनेछ।’ सोमबार अमिताभले दिल्लीको गरु तेगबहादुर कोभिड केयर सेन्टरलाई दुई करोड रुपैयाँ सहयोग गरेको चर्चा छ। 

अमिताभले आफ्नो ब्लगमार्फत आफ्नो परिवार गुमाएका दुई बच्चाको पालनको जिम्मेवारी लिने घोषणा गरेका छन्। अमिताभका अनुसार ती बच्चालाई हैदराबादको अनाथालयमा राखिनेछ र १० कक्षासम्मको सम्पूर्ण पढाइ खर्च उनले व्यहोर्नेछन्।

१० कक्षा पास गरेपछि बच्चा प्रतिभाशाली निस्केको खन्डमा उनीहरुको उच्च शिक्षाको जिम्मेवारी पनि आफैंले लिने उनले बताएका छन्। अमिताभले आफ्नो ब्लगमा आफूले गरेको च्यारिटीको लिस्ट पनि सार्वजनिक गरेका छन्।

प्रकाशित: May 11, 2021| 10:28 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्