सोमबार, असार २९, २०८३

‘डाक्टरको लापरबाहीले सोनियाको ज्यान गयो’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापारवाहीले सुत्केरीको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् । शल्यक्रियाबाट सुत्केरी गराइएको जनकपुर उपमहानगरपालिका वडा नम्बर १ बस्ने कारण ठाकुरकी श्रीमती २५ वर्षीया सोनियादेवी ठाकुरको शुक्रबार बिहान मृत्यु भएको हो ।

चिकित्सकले दुई पटक शल्यक्रिया गर्दा पनि लापारवाही गरेको मृतक सोनियाको श्रीमान करणले आरोप लगाएका छन् । व्यथा लागेपछि सोनियालाई बिहिबार ४ बजे अस्पतालमा भर्ना गरिएको थियो । समान्य रुपमा सुत्केरी हुने अवस्था नरहेको भन्दै डा.धिरेन्द्र साहले शल्यक्रिया गरी बच्चा निकालेका थिए । तर, शल्यक्रिया पछि रक्तश्राव नरोकिए पछि सोनियालाई समस्या भएको थियो ।

परिवारका सदस्यहरुले रक्तश्राव नरोकिएको र पेटमा समस्या देखिएको भन्दै अस्पतालका नर्सलाई जानकारी गराएका थिए । सोनियाको पाठेघरमा समस्या हुन सक्ने भन्दै अर्का चिकित्सक डा.विजय सिंहले बिहिबार राति ८ बजे पुनः शल्यक्रिया गरेका थिए । दोस्रो शल्यक्रियापछि केहिबेर समान्य रहेकी सोनियाको शुक्रबार बिहान मृत्यु भएको थियो ।

चिकित्सकको गल्तीले सोनियको ज्यान गएको भन्दै श्रीमान तथा परिवारका सदस्यहरुले चिकित्सकलाई कारबाही गर्न माग गर्दै अस्पतालमा प्रदर्शन समेत गरेका थिए।
 
पीडित प्रभावित परिवारका सदस्यहरुले विरोध गरेपछि अस्पतालको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । सम्भावित घटनालाई रोक्न अस्पतालमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर, अस्पतालका प्रमुख डा.रामपरीक्षण यादवले घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्ने आवश्वासन दिएपछि अस्पतालको अवस्था सामान्य भएको छ ।







 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।