ललितपुर- गोदावारीको बडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । बडिखेलमा रामप्रसाद पहरीले सञ्चालन गरेको फार्ममा बर्डफ्लु देखिएको प्रहरीले जनाएको छ ।
बर्डफ्लु भएको पहरीको फार्ममा रहेका एक हजार कुखुरा पनि नष्ट गरिएको छ ।
सातदोबाटोका प्रहरी नायव उपरीक्षक विनोद सिलवालका अनुसार बडिखेल र विशंखुनारायण बिहान बर्डफ्लु भेटिएको खबर पाएपछि गएको टोलीले कुखुरा नष्ट गरिएको छ ।
यसैबीच कुखुराको मासु खाने सर्वसाधारणलार्इ सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् । काठमाडौं उपत्यका बर्डफ्लुका लागि जोखिम क्षेत्र रहेको भन्दै सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४