मंगलबार, पुस १, २०८२

बैजनी सौन्दर्यमा काठमाडौं [फाेटाे फिचर]

ज्याकारान्डाले ढकमक्क छन् काठमाडौंका सडक। घन्टाघर, सहिदगेट, सिंहदरबारलगायत स्थानमा पुग्दा मनले बेग्लै आनन्द प्राप्त गर्छ।
 |  मंगलबार, वैशाख २८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, वैशाख २८, २०७८

काठमाडाैं - ज्याकारान्डाले ढकमक्क छन् काठमाडौंका सडक। घन्टाघर, सहिदगेट, सिंहदरबारलगायत स्थानमा पुग्दा मनले बेग्लै आनन्द प्राप्त गर्छ। सधैँ सयौं सवारीसाधन गुडिरहने सडकको किनारमा झपक्क फुलेका ज्याकारान्डाले जो कोहीको मन तान्छ।

National life

वसन्ती बहारमा बैजनी सौन्दर्य पस्किरहेको छ ज्याकारान्डाले। त्यसको हाँगाहाँगामा चिरबिर-चिरबिर गर्दै फुत्त-फुत्त उड्ने चराहरूको चिरबिरले झनै वसन्ती वहारमा संगीत थपिदिए झैँ लाग्छ।

कोरोनाको दोस्रो लहरसँगै काठमाडौंमा निषेध आदेश जारी छ। यो बेला सडकमा धेरै सवारी गुड्न पाएका छैनन्। सडक किनारामा रहेका ज्याकारान्डा धुलाम्य हुन परेको छैन, जसले गर्दा झनै खुलेको छ उनीहरूको सुन्दरता। र, बेला-बेला परिरहेको झरीले झनै मोहक बनाइदिएको छ ज्याकारान्डालाई।

कंक्रिटैकंक्रिटका घर मात्रै देखिने काठमाडौंका सडक किनारामा फुलिरहेका ज्याकारान्डाले वसन्ती वहारको उन्माद दिइरहेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 11, 2021| 01:37 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।