सोमबार, असार २९, २०८३

अब संसदमा अभियुक्त सांसद !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सार्बभौम सत्ता सम्पन्न संसदमा अब अभियुक्त सांसद पनि भेटिने भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले अभियुक्त सांसद निलम्बन नहुने गरी नियमावली पारित गरेपछि  अपराधको अभियोग लागेका सांसदहरु संसद भित्र भेटिने भएका हुन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले पारित गरियोस भनि प्रस्ताव गरेका थिए । सभामुखले निर्णयार्थ   बैठकमा पेश गर्दा संसदको बहुमतले पारित गरेको थियो । 

 यस भन्दा अघि अभियोग लागेका सांसदहरु स्वतः निलम्बन हुने ब्यबस्था थियो । नियमावली मस्यौदा समितिको बैठकमा नेकपाका नेताहरुले अभियोग लागेका संसादहरु स्वतः निलम्बन हुने धारणा राखेका थिए । तर नेपाली कांग्रेसले अभियोग लागेपनि निलम्बन गर्न नहुने अडान राखेका थिए ।

कांग्रेसका अडानका कारण कार्यसूचीमा परेर पनि यो नियमावली निर्णयार्थ पेश हुन पाएको थिएन । 

सभामुख कृष्णबहादुर महराले पटक पटन छलफल गरेपनि कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि पारित हुन सकेको थिएन । अन्तिममा नेपाली कांग्रेसको अडानमा नेकपा  सहमत भएपछि शुक्रबार नियमावली पारित भएको हो ।

सभामुखले बोलाएको छलफलमा सहभागी नेकपा र कांग्रेसका नेताहरुबीच निलम्बन नगर्ने तर सांसदका रुपमा पाउने सेवासुविधा खारेज गर्ने सहमति भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।