काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १३९ जनाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा संक्रमितको यति धेरै मृत्यु भएको पहिलो पटक हो। धेरै संक्रमितको मृत्यु भएपछि आर्यघाटमा पनि शवको खचाखच छ।
विद्युतीय शव दाह गृहमा मात्र अन्त्येष्टि गर्न सम्भव नभएपछि नजिकैको वागमती किनारामा शव जलाउन थालिएको छ। लहरै शव जलाइरहेको दृश्य निकै दर्दनाक देखिन्थ्यो।