सोमबार, असार २९, २०८३

नेपालमै भेटियो नुन खानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको सम्भाव्यता देखा परेको छ । 

खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । 

खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नुनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले जानकारी दिए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड ट्रेनिङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए । उनले भने, 'केही दिनमै नुन खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नुन खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।' 

बारेकोटमा नुन निकाल्न सके देशलाई नुनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नुन उत्पादन गर्न सकिने खनालले बताए । यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक रहेको उनको सुझाव छ । 

सिंहका अनुसार बारेकोटमा नुन खानीमात्र होइन र फलाम खानीसमेत छ । नुन र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको जानकारी दिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।