शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षाकर्मी र सञ्चारकर्मी महामारीसँग भिड्दै, १४ को मृत्यु

सुरक्षाकर्मी र सञ्चारकर्मी महामारीसँग भिड्दै, १४ को मृत्यु

कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमित सुरक्षाकर्मीको संख्या ७ सय ८९ पुगेको छ। तीमध्ये ६ जनाले ज्यान गुमाएका छन्। यस्तै ६ सय ५० पत्रकार संक्रमित भएका छन् भने ८ जनाको निधन भएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

मंगलबार, वैशाख २८, २०७८

vianetvianet

काठमाडौं– कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्ति (फ्रन्ट लाइन) मा खटिएका सुरक्षाकर्मी र सञ्चारकर्मी उच्च जोखिममा छन्। कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमित सुरक्षाकर्मीको संख्या ७ सय ८९ पुगेको छ। तीमध्ये ६ जनाले ज्यान गुमाएका छन्। यस्तै ६ सय ५० पत्रकार संक्रमित भएका छन् भने ८ जनाको निधन भएको छ।

triton college

दोस्रो लहर सुरु भएपछि नेपाल प्रहरीका चार सयभन्दा धेरै संक्रमित भएका छन्। प्रहरी प्रवक्ता वसन्त कुँवरले कति प्रहरी संक्रमित भए भन्ने विषयमा भन्न नमिल्ने बताए। उनले भने, ‘फ्रन्टलाइनमा कार्यरत प्रहरीको मनोबल कमजोर हुने भएकाले हामी यो सूचना उपलब्ध गराउँन असमर्थ छौं।’ 

कोरोनाबाट काठमाडौं उपत्यकामा ४२ जना ट्राफिक प्रहरी संक्रमित भएका छन्। तीमध्ये ३६ जना उपचारत छन् भने ४ जना संक्रमणमुक्त भएका छन्। संक्रिय संक्रमितमध्ये २३ जना होम आइसोलेसनमा र ९ जना अस्पतालमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

नेपाली सेनाका दुई कर्मचारीको मृत्यु भएको छ। वैशाख १९ गते एक र वैशाख २६ गते एक जना सेनाको मृत्यु भएको हो। वैशाख १ गतेदेखि २६ गतेसम्ममा कोरोनाबाट सेनाका २ सय १३ जना कर्मचारी संक्रमित भएको प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए। सक्रिय संक्रमितमध्ये १ सय २३ जना विभिन्न आसोलेसन सेन्टरमा उपचाररत छन्। बाँकीको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको  प्रवक्ता पौडेलले जानकारी दिए।

सशस्त्र प्रहरीमा दोस्रो लहरको कोरोना फैलिएसँगै १ सय ७६ जना संक्रमित भएका छन्। जसमध्ये ३५ जना विभिन्न अस्पतालमा उपचाररत रहेको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए। अहिलेसम्म कोरोनाबाट सशस्त्रका २ हजार २ सय ७३ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ। 

National life insurance

यस्तै फ्रन्ट लाइनमा काम गर्दै आएका ६ सय ५० जना पत्रकार कोरोना संक्रमित भएका छन्। दोस्रो लहर फैलिएसँगै संक्रमितमध्ये ३ सय ९८ जना कोरोनामुक्त भएका छन् भने २ सय ५२ जना होम आइसोलेसन र अस्पतालमा छन्। 

नेपाल पत्रकार महासंघका अनुसार संक्रिय संक्रमितमध्ये प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएटमा १ सय १७ छन्। संक्रमतिमध्ये ३२ जना पत्रकार अस्पतालमा उपचारत छन्। अहिलेसम्म कोरोनाबाट ८ जना पत्रकारको ज्यान गएको छ। पत्रकार संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा  ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ। 

प्रकाशित: May 11, 2021| 03:28 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।