सोमबार, असार २९, २०८३

राप्रपाले बनायो एकता गर्न वार्ता टोली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राप्रपा (प्रजातान्त्रिक) ले समान विचार भएका दलहरुसँग एकता गर्ने भन्‍दै वार्ता टोली गठन गरेको छ । 

पशुपति शम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टि वरिष्ठ उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । 

वार्ता समितिमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनिल बहादुर थापा र उच्त स्तरीय कार्य सम्पादन समितिका सद्स्य ठाकुर प्रसाद शर्मा सदस्य रहेको विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा भनिएको छ, 'राष्ट्रवादी, प्रजातान्त्रवादी शक्तिको रुपमा सुदृढ गर्ने उद्देश्यले समान विचार भएका पार्टीहरु, समूहहरु र व्यक्तिहरु समेतलार्इ एउटै राजनैतिक संगठन रुपमा एकताबद्ध गर्ने उद्देश्यले पार्टी एकता एवं सहजिकरण सम्पर्क कार्यदल गठन गरिएको छ ।'

यसअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एकता गर्ने उपाध्क्षद्वय बुद्धिमान तामाङ र टंक ढकाल तथा महासचिव राजेनद्र लिङ्देनको नेतृत्वमा वार्ता समिति गठन गरिसकेको छ। 

यसअघि कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पार्टी एकिकरण भएको थियो भने महाधिवेश भएको दुर्इ महिनामै तीन पार्टी फेरी टुक्रिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।