कोशी व्यारेजमा ट्रक दुर्घटना भएको छ । तीब्र गतिका कारण अनियन्त्रित भएर ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
पुलको साइडबारमा ठोक्किएर भएको दुर्घटनामा ट्रक र पुलमा क्षति पुगेको छ ।
व्यस्त सडकमा भएको दुर्घटनाले केही बेर यातायात अवरुद्ध भएको थियो । अहिले ट्रकलाई दुर्घटनास्थलबाट हटाइएको छ । भने यातायात सुचारु भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४