बिहीबार, भदौ ११, २०८३

ओली–नेपाल पक्षका नेताको छलफल निष्कर्षविहीन

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीचको छलफल सकिएको छ। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीचको छलफल सकिएको छ। 

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा ओली पक्षीय नेता विष्णु पौडेल र माधव पक्षीय नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल भएको थियो।

छलफलमा सकारात्मक कुरा भए पनि ठोस निचोड ननिस्केको नेता योगेश भट्टराईले सञ्चारकर्मीहरुलाई जानकारी दिए। ‘एमालेको एकता जोगाउने विषयमा नै केन्द्रीत भएको छ। सकारात्मक नै भएको छ कुरो,’ उनले भने,‘आशा गर्छौं अझै पनि समय छ।’

उनले मतदान शुरु भन्दा अघिसम्म पनि आफूहरुले राखेको प्रस्तावमा सहमति भए अवस्था फरक हुन सक्ने बताए। उनले आजको बैठकमा नत्र अनुपस्थित हुने निर्णय यसअघि नै भइसकेको बताए।

प्रकाशित: May 10, 2021| 07:26 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।