काठमाडौं– नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरुले संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि अहिले सिंहदरबारमा ओली र माधव पक्षीय दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि एमाले नेतासमेत रहेका अर्थमन्त्री विष्णु पौडेल माधव नेपाल पक्षका नेताहरुसँग छलफल गर्न सिंहदरबार आएका हुन्।
स्रोतका अनुसार अहिले उनले माधवकुमार नेपाल समूहमा रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरिरहेका छन्।