बिहीबार, भदौ ११, २०८३

कोरोनासँग लड्न युवाहरूको ‘सँगसँगै’ अभियान

कोभिड–१९ सँग लड्न कञ्चनपुरका युवाहरूले ‘सँगसँगै’ अभियान चलाएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

धनगढी - कोभिड–१९ सँग लड्न कञ्चनपुरका युवाहरूले ‘सँगसँगै’ अभियान चलाएका छन्। बढ्दो कोरोना महामारीको जोखिम व्यवस्थापनका लागि युवाहरूले स्वस्फूर्त रुपमा ‘सँगसँगै’ अभियान चलाएका हुन्। 

अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले स्थानीय तहमा नै कोरोना संक्रमितलाई उचित उपचार दिने व्यवस्थापन गर्न अभियान चलाइएको बताइन्।

जिल्लास्तरका अस्पतालमा मात्र भर पर्नुभन्दा स्थानीय तहमै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था, स्वास्थ्य सामाग्री, स्वस्थ्यकर्मी, एम्बुलेन्स सेवाको व्यवस्थापनका लागि अभियान सुरु गरेको संयोजक श्रेष्ठले बताइन्। 

उनले अभियानअन्तर्ग अक्सिजन, स्वास्थ्य सामग्री, प्लाज्मा दाताहरूको खोजी, प्लाज्माको आवश्यकता परेका व्यक्तिलाई उपलब्धता, राहत सामग्री दाताको खोजी र वितरण गर्ने श्रेष्ठले बताइन्। 

पहिलो चरणमा कञ्चनपुरको बेलौरी नगरपालिकाबाट सुरु गरिएको अभियान बढाउँदै पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकासम्म लैजाने योजना रहेको उनले बताइन्।

प्रकाशित: May 10, 2021| 02:44 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।