बिहीबार, भदौ ११, २०८३

कोरोनाका बिरामी बोक्न नि:शुल्क एम्बुलेन्स सेवा 

कैलालीको धनगढीमा रहेको धनगढी नेत्रालयले कोभिड–१९ का बिरामीलाई नि:शुल्क अस्पतालसम्म पुर्‍याउँने सेवा सुरु गरेको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

धनगढी - कैलालीको धनगढीमा रहेको धनगढी नेत्रालयले कोभिड–१९ का बिरामीलाई नि:शुल्क अस्पतालसम्म पुर्‍याउँने सेवा सुरु गरेको छ।

कोभिड–१९ का बिरामी बोक्न नेत्रालयले गाडीलाई एयर प्रुफ बनाएको छ। धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले नेत्रालयसँग रहेको गाडीलाई कोरोना संक्रमित बोक्न प्रयोग गरिने बताए।

'सवारी चालकको सिट एयर प्रुफ बनाएका छौं', अध्यक्ष चन्दले भने, ‘पछाडी बिरामीसहित पाँच जनासम्म बस्ने गरी तयार गरिएको छ।’ उनले  सो गाडीमा आफ्नै चालक र इन्धन प्रयोग गरेर सेवा दिइने बताए। उनले कैलाली र कञ्चनपुरका कोरोनाका बिरामीलाई अस्पतालसम्म आउन एम्बेलेन्स नपाए सम्पर्क गर्न आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोनाका बिरामी दैनिक बढिरहेका छन्। स्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल लैजानुपर्ने हुन्छ तर एम्बुलेन्स नपाउँदा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको छ। 

प्रदेशमा एक सय ५० बढी एम्बुलेन्स छन्। केही स्थानीय तहले आफ्नो स्थानीय तहका नागरिकभन्दा बाहिरका बिरामी नबोक्ने नियम बनाएका छन्। जसको प्रत्यक्ष मारमा एक जिल्लाबाट अर्को जिल्ला अस्पतालमा रेफर गरिएका बिरामीले एम्बुलेन्स पाइरहेका छैनन्।

प्रकाशित: May 10, 2021| 02:23 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।