बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थाहाका प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडी कोरोना न्यूनीकरणमा प्रयोग गर्ने

थाहाका प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडी कोरोना न्यूनीकरणमा प्रयोग गर्ने

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने घोषणा गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

मकवानपुर - थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने घोषणा गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत पुरीले सामाजिक सञ्जालमार्फत आफूले चढ्ने गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने घोषणा गरेका हुन्। 

पुरीले लेखेका छन्, ‘मैले प्रयोग गरिरहेको थाहा नगरपालिकाको बा २ झ १२५९ नम्बरको गाडी कोरोना र दैवीप्रकोपमा प्रयोग गर्ने गरी हस्तान्तरण गरेको छु। कोरोना अवधिभर मैले चढिरहेको गाडी नचढ्ने घोषणा गर्दछु।’

सुविधाभन्दा पनि नागरिकको ज्यान ठूलो भएको भन्दै पुरीले आफूले चढ्ने गाडी कोभिड रोकथाम तथा नियन्त्रणका गतिविधिमा प्रयोग गर्न हस्तान्तरण गरेको बताएका छन्।

प्रकाशित: May 10, 2021| 01:35 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।