बिहीबार, भदौ ११, २०८३

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ।

प्रतिनिधि सभाको आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत लिने कार्यक्रम समेटिएको छ। संसद् बैठकको सुरुमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्। 

त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका रहेको छ। आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र अविश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ। 

तर, प्रधानमन्त्री ओलीको पक्षमा बहुमत पुग्ने संकेत भने देखिएको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तथस्ट बस्ने बताइसकेको छ। यस्तै जनता समाजवादी पार्टीले पनि ओलीको पक्षमा मतदान नगर्ने जनाएको छ।

एमालेकै माधवकुमार नेपाल पक्षले पनि ओलीलाई मध्यराति ६ बुदे ध्याकर्षण पत्र लेखेर आफूहरूका माग पुरा नभए सांसदबाट सामूहिक राजीनामा दिने चेतावनी दिएको छ। यस्तो अवस्थामा ओलीको बहुमत नपुग्ने प्रस्ट देखिन्छ।

प्रकाशित: May 10, 2021| 00:53 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।