आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आविष्कार केन्द्रलाई सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेलको प्रतिबद्धता

आविष्कार केन्द्रलाई सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेलको प्रतिबद्धता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाइँमा म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाइँमा म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

National life

सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन्।

कोरोनाविरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेको पोखरेलको भनाइ छ। भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निशुल्क वितरण गरेको जानकारी दिए।

उनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५०० सेट पीपीई मानवीय हिसाबले निशुल्क वितरण गरिसकेको छ।

वैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे।

Laxmi sunrise bank
kumari

उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरेका छन्। सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने पोखरेलले प्रतिबद्धता जनाए।

भेटमा कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ। सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो।

प्रकाशित: May 09, 2021| 14:10 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।