बिहीबार, भदौ ११, २०८३

स्यानीटाइजरको कालोबजारी गर्ने फार्मेसीलाई जरिवाना

कोरोना संक्रमण बढेसँगै स्यानीटाइजरमा कालोबजारी गर्ने मोरङ बुढीगंगा २ को विज्ञान फार्मेसीलाई २ लाख जरिवाना गरिएको छ। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

विराटनगर- कोरोना संक्रमण बढेसँगै स्यानीटाइजरमा कालोबजारी गर्ने मोरङ बुढीगंगा २ को विज्ञान फार्मेसीलाई २ लाख जरिवाना गरिएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर स्यानीटाइजर बिक्री गरी ठगी गर्ने विज्ञान फार्मेसीसहित तीन वटालाई कारबाही गरिएको हो।

विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको १२० एमएलको रब क्लिन ब्राण्डको स्यानीटाइजर उपभोक्तालाई १६५ रुपैयाँमा बिक्री गरेको पाइएको वाणिज्य कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए। यस्तै वाणिज्य कार्यालयले विराटनगर २ मा सञ्चालित 'यस' फार्मेसीलाई ५ हजार र बिनुका फार्मेसीलाई २० हजार जरिवाना गराएको छ। 

फार्मेसीले मास्क, स्यानीटाइजरलगायतका वस्तु खरिद गरेको बिल बिजक दुरुस्त नराखेको भन्दै कार्यालयले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख पोखरेलले बताए।

बाणिज्य कार्यालयको नेतृत्वमा आइतबार स्वास्थ्य सामाग्री बिक्री वितरण गर्ने फार्मेसीहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेका हुन्। बजार अनुगमनलाई तीव्र पारिने कार्यालय प्रमुख पोखरेलले बताए।

प्रकाशित: May 09, 2021| 13:46 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।