बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाका सांसदलाई प्रधानमन्त्रीको पक्षमा मत दिन छुट, विपक्ष वा तटस्थको पनि विकल्प

जसपाका सांसदलाई प्रधानमन्त्रीको पक्षमा मत दिन छुट, विपक्ष वा तटस्थको पनि विकल्प

जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै केपी ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै केपी ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। आज आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएका छन्। 

‘सबैले आ–आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं,’ भट्टराईले ट्विट गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन संसद् बैठक बोलाएको अघिल्लो दिन जसपाका शीर्ष नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए। प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा सांसदहरूलाई ह्विप नलगाउने निर्णय जसपाले गरेको छ। 

आज बसेको शीर्ष ६ नेताहरुको बैठकले सांसदहरुलाई ह्विप नलगाउने निर्णय गरेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। ‘सांसदहरुले विवेकको मत दिन पाउने निर्णय गरेका छौं,’ उनले भने, ‘जुन सांसदलाई जे गर्न मन लाग्छ, त्यो गर्ने अधिकार दिइएको छ।’

उनका अनुसार विश्वासको पक्षमा मत दिने, विपक्षमा मत दिने वा तटस्थ पनि बस्न सक्ने गरेर निर्णय गरिएको हो। जसपाभित्र ओलीलाई विश्वासको पक्षमा मत दिने वा नदिने भन्ने दुई धार देखिएकै कारण अहिलेसम्म एकमत भएर निर्णय गर्न सकेको थिएन। जसपामा उपेन्द्र यादव र बाबुराम पक्षले ओलीलाई विश्वासको मत नदिने बताउँदै आएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष मत दिने पक्षमा छ।

यद्यपि आज प्रधानमन्त्री ओलीसँग भेटेर आफूहरुले विश्वासको पक्षमा मतदान पनि नगर्ने र विपक्षमा पनि नगरेर तटस्थ बस्ने बताएका थिए।

नेता श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपक्षेता, समानुपातिक समावेशिता र युगान्तकारी परिवर्तनका मुद्दाहरुमा सबैभन्दा पश्चगामी रहेको र विधेयक अधिवेशनलाई जरबस्ती बन्द गरेको, एकदिन पनि हाउसमा उपस्थित नभएको र अध्यादेशमार्फत मुलुक चलाउन खोजेर तानाशाही गर्न खोजेकाले उनलाई विश्वासको मत नदिइने बताए। उनले त्यसपछि बन्ने वैकल्पिक सरकारलाई सहयोग गरिने बताए।

प्रकाशित: May 09, 2021| 12:46 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।