बिहीबार, भदौ ११, २०८३

टीकापुर अस्पताललाई व्यवसायी बजगाईको अक्सिजन सहयोग

कैलालीको टीकापुर अस्पताललाई व्यवसायी कृष्णप्रसाद जैशी बजगाईले अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

धनगढी- कैलालीको टीकापुर अस्पताललाई व्यवसायी कृष्णप्रसाद जैशी बजगाईले अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

जैमनी अटोमोटिभ्स कम्पनीका महाप्रबन्धक बजगाईले अस्पताललाई २१ थान अक्सिजन सिलिण्डर सहयोग गरेका हुन्।

अस्पतालमा उपचाररत कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आएपछि सहयोग गरेको बजगाईले बताए। उनले सबैलाई अक्सिजन सहयोग गर्न आह्वान गरे। 

अस्पतालका मेसु डा. रेमकुमार राईले व्यवसायी बजगाईले अक्सिजन सहयोग गरेपछि उपचारमा सहज भएको बताए। 

‘कैलालीको पूर्वी क्षेत्र टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका साथै बर्दियाको पश्चिमी क्षेत्रका बिरामीलाई सेवा दिँदै आएका छौं’ डा.राईले भने, ‘तर अक्सिजन अभावमा उपचारमा असहजता भइरहेको छ।’

अक्सिजनको अभावमा अस्पतालमा उपचाररत बिरामीहरुलाई समस्या हुँदै आएको छ। आइतबार अस्पतालमा उपचाररत ६ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: May 09, 2021| 12:37 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।