बिहीबार, भदौ ११, २०८३

९३ प्रतिशत कोरोना संक्रमित घरमै

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ६ हजार ३३० जना संक्रमितमात्र अस्पतालमा छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– आज आइतबार देशभर ८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ पुगेको छ। यीमध्ये ८८ हजार १६० सक्रिय संक्रमित छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ८१ हजार ८३० जना होम आइसोलेसनमा छन्। ६ हजार ३३० जना संक्रमितमात्र अस्पतालमा छन्।

होम आइसोलेसनमा हुनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४२ हजार ३७९ जना छन् भने सबैभन्दा कम कर्णालीमा २ हजार ५३८ जना छन्। 

त्यस्तै प्रदेश १ मा ५ हजार ७७७ जना, प्रदेश २ मा ४ हजार ७५१, गण्डकीमा ५ हजार ३४६ जना होम आइसोलेसनमा छन्। लुम्बिनी प्रदेशमा १७ हजार ३१५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३३३ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ। 

प्रकाशित: May 09, 2021| 13:05 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।