बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे १७ लाख भारतीय रुपैयाँसहित बर्दियामा एक जना पक्राउ

साढे १७ लाख भारतीय रुपैयाँसहित बर्दियामा एक जना पक्राउ

बर्दियामा साढे १७ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- बर्दियामा साढे १७ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।

राजापुर नगरपालिका–४ स्थित सतीघाट पुलबाट सशस्त्र प्रहरी बल एपीएफको टोलीले भारतीय रुपैयाँसहित ती युवकलाई पक्राउ गरेको हो। कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोटरसाईकलमा सवार चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उनको साथमा भारतीय रकम फेला परेको थियो।

उक्त भारतीय रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको एपीएफले जनाएको छ।

प्रकाशित: May 09, 2021| 12:14 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।