बिहीबार, भदौ ११, २०८३

ललितपुर महानगरको १६० बेड आइसोलेसन सञ्चालनमा

ललितपुर महानगरपालिकाले १६० बेडको दुई वटा आइसोलेसन सञ्चालनमा ल्याएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– ललितपुर महानगरपालिकाले १६० बेडको दुई वटा आइसोलेसन सञ्चालनमा ल्याएको छ।  महानगरपालिकाले वडा नम्बर २६ को सुनोकोठीमा ५० बेडको र बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रममा ११० बेडको गरी १६० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो।

महानगरकी उपमेयर गीता सत्यालले हालसम्म १६० बेड क्षमताको दुई वटा आइसोलेसन सञ्चालनमा ल्याइएको र थप आइसोलेसन बनाउने तयारी रहेको जानकारी दिइन्। ‘५० वेडको आइसोलेसन वडा नम्बर २६ सुनाकोटीमा सञ्चालनमा ल्याइसकेका छौं। त्यहाँ केही बिरामी पनि बसिसक्नु भएको छ,’ उनले भनिन्, ‘अर्को ११० वेडको चाहिँ ज्यापु समाजको वृद्धाश्रम भवनमा हामी सुरु गर्दैछौं।’

उनका अनुसार ललितपुरको पुलचोकमा अर्को एउटा आइसोलेसन बनाउने तयारी भइरहेको छ। आइसोलेसन बनाउनका लागि पुलचोकमा ठाउँ हेरिसकेको र त्यहाँ ८० बेड क्षमताको आइसोलेसन बनाउने योजना रहेको उनले बताइन्।
 

प्रकाशित: May 09, 2021| 12:01 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।