सोमबार, असार २९, २०८३

ढुंगाले लागेर २ महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बझाङ- बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन्। बिहीबार साँझ ६ः३० बजे सो घटना भएको प्रहरीले जनाएको छ।

जडीबुटी पहुँचमार्ग सडकखण्ड अन्तर्गतको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रममा घटना भएको साइट इञ्चार्ज मनोज बोहराले जानकारी दिए।

ढुंगा लागेर घाइते भएका दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मीरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकिरी चँदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्र रिफर गर्ने क्रममा एम्बुलेन्समा राख्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।