बिहीबार, भदौ ११, २०८३

प्रदेश २ मा प्रहरीद्वारा ७०० अक्सिजन सिलिण्डर बरामद

प्रदेश २ को विभिन्न स्थानबाट ७ सय अक्सिजन सिलिन्डर प्रहरीले बरामद गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

जनकपुरधाम– प्रदेश २ को विभिन्न स्थानबाट ७ सय अक्सिजन सिलिन्डर प्रहरीले बरामद गरेको छ। कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा अक्सिजन सिलिन्डर स्टोर गरेर तस्करी गर्न लागेको सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखिएको अक्सिजन भरिएको १ सय ३२ वटा सिलिन्डर र ५ सय ६८ वटा खाली सिलिण्डर गरी ७ सय वटा अक्सिजन सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरीका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए। 

बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषाबाट सबै सिलिन्डर बरामद गरिएको छ। बरामद गरिएको सिलिन्डर अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्ट्रिब्युटरहरुलाई बुझाइएको प्रदेश प्रहरीले जनाएको छ।

प्रकाशित: May 09, 2021| 11:50 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।