बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले अध्यक्ष ओलीको चेतावनी : पार्टीलाई ध्वस्त बनाउने अपराध कर्ममा जानी–नजानी संलग्न नहुनुस्

एमाले अध्यक्ष ओलीको चेतावनी : पार्टीलाई ध्वस्त बनाउने अपराध कर्ममा जानी–नजानी संलग्न नहुनुस्

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ध्वस्त बनाउने अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन नेताहरुलाई चेतावनी दिएका छन्। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ध्वस्त बनाउने अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन नेताहरुलाई चेतावनी दिएका छन्। 

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुपूर्व आज उनले विज्ञप्ति जारी गर्दै एमालेलाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायित्व आजको पुस्ताको भएको भन्दै पार्टीलाई कमजोर बनाउने दिशातर्फ कोही जान नहुने बताएका छन्। 

‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन्। यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन,’ओलीले भनेका छन्,‘ आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी–गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्।’

कुनै पनि तहमा पार्टीको सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेको भन्दै ओलीले यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त नभएको र ती हानिकारक रहको बताएका छन् । 

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु,’ ओलीले भनेका छन्।

इमान्दार नेता कार्यकर्ता र पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा आफू विश्वस्त रहेको ओलीको भनाइ छ। 

‘भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन,’ उनले भनेका छन्,‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।’

प्रकाशित: May 09, 2021| 11:42 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।