बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन गण्डकीका मुख्यमन्त्रीको राजीनामा

अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन गण्डकीका मुख्यमन्त्रीको राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। 
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। 

उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि सोमबार मतदान हुने तय भएको थियो। मतदानको एक दिनअघि नै उनले राजीनामा दिएका हुन्।

प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले आज राजीनामा दिएका हुन्। गुरुङको राजीनामा प्रदेश प्रमुख पौडेलले स्वीकृत गरिसकेकी छन्। 

अविश्वास प्रस्ताव मतदानमा गएर पद जाने स्थिति देखिएपछि उनले त्यसअगावै राजीनामा दिएका हुन्।


 

प्रकाशित: May 09, 2021| 11:28 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।