काठमाडौं– आज आइतबार काठमाडौ उपत्यकामा ४ हजार १९८ जना कोरोना संक्रमित पत्ता लागेका छन्।
काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ३ हजार १६१ जना काठमाडौंमा, ५३३ जना ललितपुरमा र ५०४ जना भक्तपुरमा संक्रमण पुष्टि भएको छ।
देशभर भने पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार जनाले कोरोनालाई जितेका छन्। यसअघि हिजो ३३ सय ७० जनाले कोरोना जितेका थिए।