अघिल्लो हप्ताभन्दा यो हप्ता कोरोना संक्रमण ९०.४ प्रतिशत बढेको छ। नेपाल र भारतको संक्रमणको तुलना गर्दा प्रति दश लाख जनसंख्यामा भारतमा २८३.५ जना संक्रमित भएका छन् भने नेपालमा प्रति दश लाख २७९.५ जना संक्रमित भएका छन्।
त्यस्तै, भारत र नेपालको मृत्यु दरलाई हेर्दा नेपालमा केही कम देखिएको छ। भारतमा प्रति दशलाख २.८ जना छ भने नेपालमा १.६ जनाको मृत्यु भएको छ। यसको मतलब अझै भारतको दरमा मृत्युदर पुग्न केही हप्ता लाग्न सक्छ। नेपालमा मृत्यु बढ्ने क्रम जारी छ।
त्यस्तै, टेस्ट पोजेटिभिटी दर भारतको भन्दा नेपालको झण्डै २ गुणा बढी छ। यो दर भारतमा २२.२ प्रतिशत र नेपालमा ४१.९ प्रतिशत छ।
यसको मतलब नेपालमा भारतको तुलनामा निकै कम परीक्षण भएको छ। जसले गर्दा समुदायमा निकै संक्रमण छ भन्ने बुझिन्छ। यसरी नेपालमा रोग फैलने दर झण्डै दुई गुणा बढी छ।
(स्वास्थ्य मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा आधारित)