काठमाडौं– गत २४ घण्टामा ८ हजार ८५० जना काेराेना संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ८५० जनालाई संक्रमण पुष्टि भएको हो।
जसमध्ये ८ हजार ७७७ जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
आज ५२ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४ हजार २२ रहेको छ ।