बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वासको मतका लागि भोलि नै मतदान, कोरोना संक्रमित सांसदलाई विशेष व्यवस्था

विश्वासको मतका लागि भोलि नै मतदान, कोरोना संक्रमित सांसदलाई विशेष व्यवस्था

कोरोना भाइरसको संक्रमण भएका सांसदले पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन्।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– कोरोना भाइरसको संक्रमण भएका सांसदले पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदका लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो।

संक्रमित सांसदका लागि संसद् भवन बाहिर पालको व्यवस्था गरिने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

‘उहाँहरु आउनुभयो भने बाहिर पालमा राख्ने र छुट्टै लबि बनाएर मतदानमा सहभागी गराउने तयारी भएको छ। मतदानको घण्टी लागेपछि मात्रै उहाँहरु मतदानका लागि जानुहुन्छ।’

संसद् बैठक छोटो बनाउने र मतदान भोलि नै गराउने निर्णय कार्यव्यवस्थाले गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेपछि भोलि सोमबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
 

प्रकाशित: May 09, 2021| 10:11 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।